२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


बाढीले ताप्लेजुङ ओलाङचुङगोलाका दुईवटा पुल बगायो


0
Shares

ताप्लेजुङ । तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई वटा पुल बगाएको छ ।

फक्ताङलुङ गाउँपालिकामा पर्ने चीनसंगको सिमावर्ती गाउँ जोड्ने पुल गएराती बगाएको वडा अध्यक्ष छेतेन भोटेले जानकारी दिनुभयो ।

बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने पुलसमेत बगाएको छ ।

बाढीले पुल बगाएपछि आवतजावतमा समस्या भएको छ ।

तमोरको उद्गम स्थलबाट नै बाढीआएपछि नदी किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभान बजार लगायतका बासिन्दा त्रसित भएकाछन् ।