२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतमा बाढीपहिरोका कारण लाखौं प्रभावित, दर्जनौ गाउँ डुबानमा, उद्धारका लागि हारगुहार


0
Shares

काठमाडौं । भारतमा भारी बर्षापछि आएको बाढी पहिरोका कारण लाखौं मानिस प्रभावित भएका छन् । भारतको बिहार र आसामका जनता बाढी पहिरोको चपेटामा परेका छन् ।

आसामका ७० लाख मानिस बाढीको जोखिममा परेका छन् । त्यहाँ भारी बर्षा जारी रहेको र दर्जनौ गाउँहरु डुबानमा परेका छन् ।

बिहारको तीन जिल्लाका सयौं बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । बिहारको छपरा, गोपालगंज, सिवान जिल्लाका सयौं घर डुबानमा परेका छन् । केही चौपाया बाढीले बगाएको छ ।

घर डुबानमा परेका अधिकांशले छतमा बसेका उद्धार गर्न हारगुहार गरिरहेका छन् । पश्चिम बंगालको नदीको सतह बढेर पानी बस्तीमा प्रवेश गर्दा त्यहाँका अधिकांश घर डुबानमा परेकाले सर्वसाधारणलाई उचित स्थानतर्फ सारिएको छ ।

भारतको मौसम बिभागले अधिकांश जिल्लालाई उच्च सतर्कता अपनाउन अपील गरेको छ । कोरोना संक्रमणकाबीच आएको बाढी पहिरोले लाखौं जनता थप मारमा परेका छन् । एजेन्सी