२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


४२ औं पुष्पलाल स्मृति दिवस मनाइँदै, विभिन्न कार्यक्रम गरी योगदान स्मरण गरिंदै


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस आज(बुधबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको पुष्पलाल स्मृति प्रतिष्ठानले यो वर्ष भने कोभिड–१९ का कारणले ठूलो औपचारिक कार्यक्रम राखेको छैन ।

तर पनि प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम गर्दैछ ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यकासाथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गर्नुभयो ।

पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उहाँको जन्म भएको थियो ।

पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ हुनुहुन्थ्यो । पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ साल वैशाख १० गते नेकपा स्थापना भएको थियो ।

उहाँले स्थापना गरेको नेकपा विभिन्न चरणमा जुट्दै र फुट्दै आजको नेकपासम्म आईपुगेका छन् ।