
स्याङ्जा । स्याङ्जामा पहिरोले पुरीएर एक महिलाको मृत्यु भएको छ । गल्याङ् नगरपालिका–१० सिमलसौँरामा पहिरोले घर भत्किँदा माया सारुको मृत्यु भएको हो ।
राती सुतेको अवस्थामा एक्कासी पहिरो आएकाले भाग्न नपाउँदा उनको मृत्यु भएको हो । बीस वर्षीया छोरीको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।
घरदेखि करिब २५ मिटर माथिबाट आएको पहिरोले घर पुरेको हो ।
प्रतिक्रिया दिनुहोस्