
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धान्जलि व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पुष्पलालप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले स्मृति दिवसका अवसरमा सरकारले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प साकार पार्ने दिशामा अग्रसर हुनसमेत सबैमा आह्वानसमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्