
काठमाडौं । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको जनाएको छ ।
हिजो ९२ हजार ७ सय कारोबार भएको थियो । तेजाबी सुन ९२ हजार २ सय ६० मा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदी तोलामा १ हजार १ सय ३५ मा कारोबार भइरहेको छ । हिजो तोलामा १ हजार ४० भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको र कोभिड १९ को प्रभाव परेकाले पनि नेपालमा सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्