२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकाले भन्यो, ‘चीनले छिमेकीलाई दादागिरी मात्रै देखायो’


0
Shares

काठमाडौं । अमेरिकाले कोरोना नियन्त्रणका लागि चीनले सहयोग नगरेको आरोप लगाएको छ । अकेरिकी विदेशमन्त्री माइक पोम्पीओले कोरोनाको उपचार तथा नियन्त्रणमा सघाउनुको साटो साउथ चाइना सीमा सैन्य क्षमता बढाइरहेको आरोप लगाउनुभएको हो ।

बेलायती विदेशमन्त्री डोमेनिक रावसँगको भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्री पोम्पीओले महामारीको समयमा विश्वलाई सहयोग गर्नु भन्दापनि छिमेकीसामु दादागिरी देखाएको आरोप लगाउनुभयो ।

कोरोना नियत्रणमा विश्व एकजुट भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले कोरोना भाइरसको बारेमा वास्तविक सूचना लुकाएको आरोप लगाउनुभयो ।

विदेशमन्त्री पोम्पीओले केही समय अघि भारत र चीनबीच सीमामा भएको विवादतर्फ इंगित गर्दै हरेक देशले सीमासम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्थाको पालना गर्नुपर्ने बताउनुभयो ।

साउथ चाइना सीको विवादीत क्षेत्रमाथि कुनै कानुनी दाबी नरहेको भन्दै चीनले छिमेकीलाई दुख दिइरहेको ओरोप लगाउनुभयो । एजेन्सी