१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कालीगण्डकी नदी किनारका माझी बस्ती बाढीको उच्च जोखिममा, अवैध दोहन रोक्न नसक्दा समस्या


0
Shares

-डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । अविरल वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्नाले तटीय क्षेत्रका बस्तीहरु उच्च जोखिममा परेका छन् ।

बाग्लुङ तथा पर्वत मालढुङ्गामा रहेका कालीगण्डकी किनारका माझी बस्ती पनि बाढीको उच्च जोखिममा परेको छ् ।

केही दिन देखिको निरन्तर वर्षाले नदीमा पानीको बहाव बढेसँगै कालीगण्डकी किनारमा रहेका बस्तीहरु बाढीको उच्च जोखिममा परेका छन् ।

बागलुङ तथा पर्वत मालढुङ्गामा रहेका कालीगण्डकी किनारका माझी बस्ती पनि बाढीको उच्च जोखिममा परेका छन् ।

हिउँदको समयमा क्रसर संचालक तथा बालुवा उठाउने ठेकेदारहरुले मनोमानी ढंगले डोजर चलाएर बालुवा झिक्ने गर्दा अहिले आफुहरुको बस्ती जोखिममा परेको स्थानीय धनीकला थापाको गुनासो छ ।

धनीकला थापाले भने जस्तै हिउँद वर्षाको समय कालीगण्डकीमा बालुवा झिक्नेको भीड देखिन्छ ।

यसतर्फ पर्वत तथा बागलुङ दुवै जिल्लाका प्रशासन मौन देखिन्छन् । पानी पर्दा बस्तीनै बगाउने डरले बेलाबेलामा नदीको बहाव कति छ भनेर हेरिरहने र जागराम बस्ने गरेको स्थानीय प्रकाश माझीको भनाइ छ ।

हरेक वर्ष नदी किनारका बस्ती ढुवानमा पर्नाको कारण जथाभावी नदीको दोहन गर्नु नै हो ।

कालीगण्डकीमा हुने अवैध दोहन कुनै पनि निकायले अहिलेसम्म रोक्न सकेको छैन ।

नदी दोहन नरोकिएसम्म तटीय क्षेत्रका बासिन्दा त्रासैत्रासमा बस्नु पर्ने हुँदा सम्बन्धित निकायले यसतर्फ बेलैमा ध्यान दिनु जरुरी छ ।