
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन ७ । १२० दिन लामो ‘लकडाउन’ अन्त्य भएसँगै बुधबार बिहानदेखि धनगढीका सडकमा सवारी–साधनको जाम सुरु भएको छ ।
लकडाउन अवधिभर धनगढीका सडक खुला र शान्त थिए । ट्राफिक प्रहरीहरू पनि फुर्सदिला देखिन्थे ।
मंगलबार मध्यरातदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि धनगढी सवारी जाम, भिडभाडको पुरानै परिचयमा फर्किएको छ ।
सडकमा निजी तथा सार्वजनिक सवारी–साधनहरू बाक्लो संख्यामा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्