१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लामो दुरीका यातायात सञ्चालनमा रोक लगाएकोप्रति व्यवसायीहरुको असन्तुष्टि


0
Shares

चितवन, साउन ७ । ‘लकडाउन’ हटेपनि लामो दुरीका यातायात सञ्चालन फुकुवा नगरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

जिल्लाभित्र सवारी चल्ने दिने तर लामो दुरीको यातायात सञ्चालनमा रोक लगाएर सरकारले विभेद गरेको लामो दुरीका यातायात सञ्चालकले बताएका छन् ।

लामो समयसम्म बस पार्किङ गरेर राख्नुपर्दा बसका सामानमा खिया लागेको छ । पार्किङमा रहेका बसलाई मर्मत गर्न एकदेखि डेढ लाखसम्म लाग्ने र बैंकहरुले किस्ताको ताकेता गर्दा थप समस्या भएको व्यवसायीको भनाइ छ ।

अनुमति दिए कोभिड–१९ को संक्रमण फैलन नदिन गर्नुपर्ने सबै स्वास्थ्यका मापदण्ड पूरा गर्ने व्यवसायीको भनाइ छ ।

यस्तै, सरकारले जोर–बिजोर प्रणाली खारेज गरेसँगै बुधबार चितवनमा सवारीसँगै मानिसहरुको चाप बढेको छ ।