
काठमाडौं, साउन ७ । २०७६ चैत ११ गतेदेखि लागू भएको ‘लकडाउन’ बुधबारबाट औपचारिकरुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ ।
१२० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले अधिकांश क्षेत्रलाई खोलेको छ ।
सवारी–साधन सञ्चालनमा लागू भएको जोर–बिजोर प्रणाली पनि हटेको छ । त्यसैले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ ।
यस्तै, कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका अधिकांश क्षेत्रलाई सरकारले खोलेको छ । यद्यपि, केही क्षेहरुमा भने प्रतिबन्ध कायम नै छ ।
अधिकांश क्षेत्र खुलेपछि जनजीवन समान्यरुपमा फर्कन थालेको छ । मानिसहरुको आवागमन बढेपछि काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी–साधनको चाप बढेको हो ।
सडकमा निजी तथा सार्वजनिक सवारी–सधानहरु बाक्लो संख्यामा देखिएका छन् । मुख्य–मुख्य चोकमा ट्राफिक जाम देखिएको छ ।
सार्वजनिक बसमा यात्रा गर्ने यात्रुले मास्क लगाएको देखिन्छ भने सडकमा यात्रा गर्ने यात्रुले पनि सतर्कता अपनाएका छन् ।
सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी–साधन सञ्चालन भने भदौ १ गतेसम्म बन्द गरेको छ ।
जनजीवन समान्य बनाउन लकडाउन खोलेपनि संक्रमणको जोखिम कायम नै रहकोले सतर्क रहन सरकारले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्