२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘अर्ली’ महाधिवेशन प्रस्ताव, ‘जबज’ र दाहालको दुःखेसो


0
Shares

kp oli prachanda

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज)

काठमाडौं, साउन ७ । केही समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका काम–कारबाही र शीर्षस्थ नेताका समूहमा केन्द्रित नेकपाको विवादमा पार्टी एकताको सैद्धान्तिक बहसले प्रवेश पाएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई ‘अर्ली’ महाधिवेशनको प्रस्तावमा ‘जबज’लाई नीति बनाउन जोडबल गर्नु र दाहालको त्यसमा मौनता देखिनुले नेकपाको विवाद पार्टी एकताको सिद्धान्तमा प्रवेश गरेको छ ।

नेकपाको जारी विवाद समाधानका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गरेसँगै विवाद थप तरंगित भएको छ ।

ओलीले ओलीले मंसिरमा महाधिवेशन गरी त्यसपछिको एकल अध्यक्ष बनाउने आश्वासनमा जनताको बहुदलीय जनवाद (जबज)लाई घोषित नीति मान्नुपर्ने अडान राखेपछि दाहाललाई उक्त प्रस्ताव निल्नु न ओकल्नु बन्यो ।

ओलीको जबजको प्रस्ताव र त्यसमा नेता माधवकुमार नेपालको समर्थनमा झस्किनुभएका दाहालले नेकपा एकतापछि पहिलोपटक पूर्वमाओवादी समूहसँग एकाएक आफ्नो दुःखेसो पोख्दै आगामी रणनीतिबारे आफू पक्षधरको साथ खोज्न थाल्नुभएको छ ।

पार्टी एकताअघि पूर्वमाओवादीले २१औं शताब्दीको जनवाद र पूर्वएमालेले जनताको बहुदलीय जनवाद पार्टीको घोषित सिद्धान्त मानेपनि एकताको जगमा पार्टीको सैद्धान्तिक विचारधारा महाधिवेशनलेमात्रै टुंगो लगाउने निर्णय गरेको हो ।

शीर्षस्थबाट पार्टीको फरक नीति प्रस्तावित भएपनि महाधिवेशनको छलफलले टुंग्याउने दाबी गर्नुहुन्छ, नेकपा नेता राजेन्द्र गौतम ।

आफूविरुद्ध चौतर्फी दबाब सृजना भएपछि मत्थर पार्न अर्ली महाधिवेशन र पार्टीको सैद्धान्तिक बहसको ‘कार्ड’ले नेकपाको विवादमा वैचारिक सिद्धान्तको बहसको थालनी भएको छ ।

तर, ओलीको कार्डपछि नेकपामा सुरु भएको नयाँ वैचारिक बहसले यही साउन १३ गते बस्ने स्थायी कमिटी बैठकले गर्ने निर्णय कुनुपर्ने भएको छ ।

भिडियो हेर्नुहोस्