७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अमेरिकाद्वारा टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय हटाउन आदेश, चीनले दियो चेतावनी


0
Shares

us china coronavirus

काठमाडौं, साउन ७ । अमेरिकाले टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय हटाउन आदेश दिएको छ ।

अमेरिकाको बौद्धिक सम्पत्तिको रक्षा र निजी गोपनीयताको संरक्षणका लागि यस्तो कदम चाल्नुपरेको पेन्टागनले जनाएको छ ।

हस्टनस्थित कन्सुलेट कार्यालय रहेको भवनको बीचमा रहेको खाली जग्गामा केही व्यक्तिले भाँडामा कागज बालिरहेको ‘फुटेज’ बाहिर आएपछि अमेरिकाले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकामा चीनको दूतावासबाहेक पाँचओटा कन्सुलेट कार्यालय रहेको छ ।

चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई निर्णयमाथि पुनर्विचार नगरे उचित जवाफ दिने चेतावनी दिएको छ ।

कोरोना महामारी सुरु भएपछि अमेरिका र चीनबीच आरोप–प्रत्यारोप चुलिएको थियो ।

कोरोनाभाइरस चीनले बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाउँदै आउनुभएको छ ।

अमेरिकाको कानुन मन्त्रालयले मंगलबारमात्र कोरोनाविरुद्ध खोप बनाइरहेका प्रयोगशालाहरुमा चीनले ‘ह्याकर’ परिचालन गरेको आरोप लगाएको थियो । तर, चीनले भने आरोपहरुको खन्डन गर्दै आएको छ । (एजेन्सी)