१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘राखेप’ सदस्यसचिवका लागि तीनजनाको नाम सिफारिस


0
Shares

sports

काठमाडौं, साउन ७ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि तीनजनाको नाम सिफारिस भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले निवर्तमान सदस्यसचिव रमेश सिलवाल, लिलबहादुर थापामगर र अन्जु श्रेष्ठको नाम सदस्यसचिवमा सिफारिस गरेको हो ।

समितिले आवेदन दिएका २७ जनामध्ये तीनजनालाई छनोट गरेको हो ।

नयाँ खेलकुद विकास ऐन २०७७ अनुसार सिफारिस समितिले एक महिलासहित तीनजनालाई सिफारिस गर्नुपर्ने नियम छ ।

अब बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले नयाँ सदस्यसचिवका लागि सिफारिस गरिएका नाम लैजाने बताइएको छ ।

यसअघि, मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको तीन सदस्यीय समितिले गत असार २६ गते सातदिने खुला दर्खास्त आह्वान गरेको थियो ।