
पर्सा । पर्साको वीरगञ्जमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँको मृत्यु भएपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
उहाँ गण्डक अस्पतालमा भर्ना हुनुभएको थियो । पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
यो सँगैं नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उहाँ निमोनियावाट ग्रसित हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भएपछि उहाँलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र सोही दिन साँझ उहाँको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्