१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना विरुद्धको खोप २०२१ सम्म पनि नबन्ने डब्लुएचओको ठोकुवा


0
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोेभिड १९ विरुद्धको खोप सन् २०२१ सम्म पनि नबन्ने ठोकुवा गरेको छ ।

डब्लुएचओका कार्यकारी निर्देशक माइक रेयानले कोरोना भाइरसका लागि खोपहरु बनाउन विश्व जगतका बैज्ञानिकहरु लागिपरे तापनि आगामी बर्ष सम्म तयार नहुने जनाउनु भएको हो ।

साथै उहाँले खोपको अनुसन्धानमा जुटेका बैज्ञानिकहरुलाई खोपको जरुरी रहेतापनि हतार नगरि प्रभावकारी सावित हुने खोप बनाउन सुझाव दिनुभएको छ ।

हतारमा बनाइएको खोप प्रभावकारी नभएको खण्डमा फेरी समय लाग्ने हुनाले प्रभावकारी खोप बनाृउन उहाँले बैज्ञानिकहरुलाई सुझाव दिनुभएको हो ।

विश्वका बैज्ञानिकहरुले हाल २३ प्रकारका खोप तयार पारी प्रयोगमा ल्याइसकेका छन् भने जुन परिक्षणका क्रममा नै रहेको छ ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५३ लाख ७१ हजार बढी रहेको छ भने मृतकको संख्या ६ लाख ३० हजार नाघेको छ ।

अमेरिकामा मात्रै १ लाख ४६ हजार बढीको मृत्यु भइसकेको छ जहाँ संक्रमितको संख्या ४१ लाख नाघेको छ ।