१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित, जनमानसमा आशंका


0
Shares

काठमाडौं । ललितपुरको रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित गरिएको छ । गुठी संस्थानले हिजो सूचना जारी गर्दै आउँदो श्रावण १० गते रथारोहण गर्ने भनिएकोमा स्थगन गरिएको विज्ञप्ती मार्फत जनाएको छ ।

कोभिड १९ संक्रमणका कारण हाललाई रथारोहण स्थगित भएको गुठी संस्था ललितपुरले जनाएको छ ।

हिजो मात्रै गुठी संस्थान ललितपुरले पत्र जारी गर्दै आउँदो श्रावण १० गते मच्छिन्द्रनाथ रथारोहणको लागि दिनको १२ः०५ देखि १२ः२५ सम्मको साइत प्राप्त भएको जनाएको थियो ।

नेपाल सरकारले हिजो मध्यरातबाट लकडाउन पूर्ण रुपमा खोलेको बताएपनि जात्रा, सभा, समारोह जस्ता भीड जम्मा हुने कार्यक्रममा प्रतिवन्ध कायम नै रहेको बताएको थियो । रथारोहणको पटक पटकको स्थगनले आम जनमानसमा आशंका उब्जीएको छ ।