
काठमाडौं, जेठ २२ । विश्वमा विज्ञान तथा प्रविधिमा भएका खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदान–प्रदान गर्ने उद्देश्यका साथ बुधबारदेखि काठमाडौंमा दुईदिने युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ ।
सम्मेलनमा युवा वैज्ञानिकहरुबीच कृषि, विपद् व्यवस्थापन, ऊर्जा, वातावरणलगायतका विषयमा उपयोगी प्रविधिकाबारेमा छलफल हुने जनाइएको छ ।
सम्मेलनमा सार्क सदस्य राष्ट्रहरु, बेलायत, फिनल्यान्डलगायत १० राष्ट्रका ४८ युवा वैज्ञानिक सहभागी छन् । जसमध्ये नेपालका ३५ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्