२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


किर्ते जालसाजी गरी जग्गा नामसारी गराएको आरोपमा एक जना पक्राउ


39
Shares

वीरगन्ज । किर्ते जालसाजी गरी जग्गा नामसारी गराएको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीले मालपोत कार्यालय पर्सामा लेखापढी गर्ने वीरगंज लक्ष्मणवाका अमर साह कानुलाई पक्राउ गरेको हो ।

मालपोत कार्यालय नजीक रहेका उनलाई चेम्बरबाट सादा पोशाकका आएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मर्कन्टायल कम्पनीको जग्गामा नक्कली कागज पत्र पेश गरी कमला राजभण्डारीको नक्कली छोरा बनाएर मुकेश राजभण्डारीको नाममा नामसारी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीसंगै किर्ते सहभागी प्रमेश साह कानू भने फरार छन् । प्रशासनले किर्ते जालसाजको मुद्दा प्रहरीमार्फत् छानविन सुरु गरेको छ ।