
डडेल्धुरा । डडेल्धुरामा आलु भण्डारणका लागि शित भण्डार स्थापना हुँदा कृषकहरु लाभान्वित भएका छन ।
जिल्लाको अमरगढी नगरपालिकामा स्थापना गरिएको उग्रतारा शित भण्डारणमा विभिन्न स्थानबाट संकलन गरिएको आलु राखिएको छ ।
१४ हजार पाँच सय क्वीन्टल आलु राख्ने क्षमता भएको शित भण्डारणले कृषकलाई सहजता भएको छ ।
जिल्लाको आठ सय हेक्टर आलु उत्पादन क्षेत्र रहे पनि विगतमा सय हेक्टरमा सिमित रहेको आलु
उत्पादन उन्नत बीउको सहज उपलब्धता बढेसँगै आलु खेतीतर्फ कृषक आकर्षित भएका हुन् । डडेल्धुरामा ४० प्रतिशतले आलु उत्पादन बढेको छ ।
प्रतिक्रिया दिनुहोस्