
सुनसरी । सप्तकोसी नदीले तटबन्धलाई सुरक्षा गर्न बनाइएको स्पर कटान तीव्र पारेपछि नियन्त्रणको काम थालिएको छ ।
सप्तकोसीले तटबन्धको १० फिटसम्म कटान गरेपछि मर्मत कार्यलाई तीव्र बनाइएको हो ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीमा रहेको ९ र १० नम्बर स्परमा कोसीको एउटा भंगालोले कटान गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले बताउनुभयो ।
कटान थालेपछि कोसी प्रोजेक्टका कामदारहरुसँगै नेपाली सेना र सशस्त्र प्रहरीले वालुवाको बोरा, जाली तथा ढुङ्गाले कटान नियन्त्रणको प्रयास गरिरहेका छन् ।
तटबन्ध भत्किए कोसी बस्तीमा पसेर विनाश गर्ने भएकाले नियन्त्रणको कामलाई तीब्र पारिएको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताउनुभयो ।
२०६५ भदौ ५ गते राती सप्तकोसीले पूर्वी तटबन्ध भत्काउँदा सुनसरीका साविकका हरिपुर, श्रीपुर, लौकही र पश्चिम कुसाहामा ठूलो क्षति पु¥याएको थियो ।
भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोल्दा वर्षेनी सुनसरीका खेतीयोग्य जमिन र मानव बस्तीमा क्षति पु¥याउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्