१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कञ्चनपुरमा थप २६ जनामा कोरोना पुष्टि


0
Shares

corona dhangadhi

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन ८ । कञ्चनपुरमा बिहीबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई महिला र तीन पुरुष गरी पाँचजना, बेल्डाँडी गाउँपालिकाका आठजना पुरुष र शुक्लाफाँटा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जनामा कोरोना देखिएको उहाँले बताउनुभयो ।