१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दैलेखको ठाटीकाँधमा निषेधाज्ञा, समुदायस्तरमा कोरोना संक्रमण


0
Shares

dailekh

दैलेख, साउन ८ । दैलेखको ठाटीकाँध गाउँपालिकामा समुदायस्तरमै कोरोना संक्रमण देखिएपछि बिहीबार दिउँसोदेखि निषेधाज्ञा जारी गरिएको हो ।

समुदायमा संक्रमणबारे बुझ्न गरिएको पहिलो परीक्षणमै ७३ जनामध्ये १६ जनामा संक्रमण देखिएको होे ।

अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा कायम रहने प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभयो ।

यसअघि, दैलेखमा ‘ट्राभल हिस्ट्री’ नभएका तर ‘क्वारेन्टिन’ व्यवस्थापनमा संलग्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतमा संक्रमण देखिएको थियो ।

दैलेखमा हालसम्म ८०८ जनामा संक्रमण पुष्टि भएको छ ।