१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विराट नर्सिङहोमका सञ्चालकले संक्रमण लुकाएको खुलासा, नर्सिङहोम ‘सिल’


0
Shares

corona biratnagar

विराटनगर, साउन ८ । विराटनगरस्थित विराट नर्सिङहोमका सञ्चालकले कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालको व्यापारमा गिरावट आउने भन्दै संक्रमण लुकाएको खुलेको छ ।

सञ्चालक चिकित्सकले नाम, ठेगाना र फोन नम्बर गलत दिएर कोरोना परीक्षण गराउन गएको खुलेको हो ।

उनलाई बुधबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यता, सञ्चालक चिकित्सकलाई संक्रमण पुष्टि भएपछि नर्सिङहोम अनिश्चितकालका लागि ‘सिल’ गरिएको छ ।

बिहीबार विराटनगर महानगरपालिकाले सूचना टाँस गरेर अर्को सूचना नआउन्जेल अस्पताल सिल गरेको हो ।