१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


पहिलो विमानको आविष्कारक रावण !


0
Shares

sri lanka ram nepal

काठमाडौं, साउन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रामको जन्म भएको दाबी गरिरहेको बेला श्रीलंकामा पनि रावणको फेरि चर्चा सुरु भएको छ ।

श्रीलंकाको उड्डयन मन्त्रालयले विश्वको पहिलो विमान श्रीलंकामा निर्माण भएको दाबी गरेको जनाइएको छ ।

रामायणमा राक्षसको पात्रको रुपमा रहेको रावण नै पहिलो विमानको आविष्कारक भएको भन्दै अनुसन्धान सुरु गर्न लागेको जनाइएको हो ।

श्रीलंकन सरकारले एक विज्ञापन जारी गर्दै रावणकोबारेमा प्रमाण जुटाउने दस्तावेज सरकारलाई उपलब्ध गराउन आह्वान गरेको छ ।

विज्ञापनमा रावणले नै पहिलो विमान उडाएको दाबी गर्दै छ वर्षभित्र अनुसन्धान पूरा गर्ने भनिएको छ ।

रावणको विमान पुष्पक विमान भनेर मान्ने गरिएपनि श्रीलंकामा दांदु मोनारा नामको विमान रावणले उडाउने श्रीलंकामा विश्वास गरिन्छ ।

रावणले सेटलाइटजस्तै कुनै प्रविधि प्रयोग गरेको किंवदन्ती रहेको भारतीय मिडियालेसमेत जनाएको पाइन्छ ।

विगतमा पनि रावणका सम्बन्धमा श्रीलंकामा अनुसन्धान भएपनि अहिलेसम्म पुरातात्विक अनुसन्धानबाट प्रमाण जुट्न सकेको छैन । श्रीलंकामा रावणलाई दयालु स्वाभावको र विद्वान्को रुपमा लिने गरिन्छ ।