
उदयपुर । बेलका नगरपालिका – १ आम्वासिमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
आम्वासिस्थित को २ त ५१८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका तिर्थबहादुर कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर चालक सूर्य परियारलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्