१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरीमा डुबेर मृत्यु भएका बालकका परिवारलाई १० लाख दिने


0
Shares

झापा । भद्रपुर नगरपालिकास्थित कमलधाप सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका ३ जना बालकका परिवारलाई दश/दश लाख रुपैयाँ दिने सहमति भएको छ ।

कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले खनेर छाडिएको पोखरीमा डुवेर वालकको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

क्षतिपूर्तिको माग राख्दै परिवारले शव नबुझेपछि मृतक परिवारलाई प्रति परिवार दशलाख रुपैया दिने सहमति भए पछि उनीहरुले शव बुझेका छन् ।

पोखरीमा डुबेर भद्रपुर–२ डिगाउँका १० वर्षीय बालक अङ्कुस तामाङ, बिर्तामोड मावाला बस्दै आएका दीपक थामीका दुई छोरा १४ वार्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको हो ।