१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुलीमा मास्क विना हिडडुल गर्न प्रतिबन्ध


0
Shares

सिन्धुली । मास्क विना हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ । लकडाउन अन्त्य गरेको भए पनि कोरोना संक्रमणको अन्त्य नभएको भन्दै मास्क लगाउन अनिवार्य गरीएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिन्धुलीमाडीमा मास्क विना हिडडुल गर्नेहरुलाई सचेत गराउदै मास्क वितरण गरिएको छ ।

लकडाउनको अवधि सकिएसंगै मानिसहरु मास्क विना नै सडक बजारमा निस्कन थालेपछि स्थानीय प्रशासनको अगुवाईमा मास्क विना हिडडुल गरेमा संक्रामक रोग ऐन अन्तर्गत कार्यवाही समेत गरिने जनाईएको छ ।

जिल्लामा १ हजार २ जनाको पिसिआर परीक्षण गरिएको छ भने संक्रमितको संख्या १२ छ ।