१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतमा बर्षा रोकिएन, खोला बस्तीमा पस्दा केहीलाई बगायो, सयौं घर डुबानमा


0
Shares

काठमाडौं । भारतको बिहार र आसाममा भारी बर्षापछी आएको बाढी पहिरोले लाखौं बिस्थापित भएको बेला भारतको ब्रम्हपुत्र नदीको बहाव बस्तीमा प्रवेश गरी केहीलाई बगाएको छ ।

सयौं घर डुबानमा परेका छन् । ब्रम्हपुत्र नदी आसपासका बस्तीका चौपाया समेत बगाएको कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

बाढीले बगाएकाहरुको व्यापक खोजी भइरहेको छ । उता, आसाम र बिहारमा हालसम्म पनि भारी बर्षा जारी रहेकाले उद्धार कार्यमा कठिनाई भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

डुबानमा परेका बस्तीका स्थानीय बासिन्दाले उचित राहत नपाएको भन्दै सरकारको बिरोध गरेका छन् ।

उनीहरुले भारी बर्षाकाबीच आफूहरु पालमुनि बस्न बाध्य भएको भन्दै थप मारमा परेको बताउँदै आएका छन् ।

चार दिनदेखिको अविरल बर्षाका कारण भारतका अधिकांश घरहरु डुबानमा परेका छन् भने सयौं सवारीसाधनमा क्षति पुगेको छ ।

यसैबीच, भारत सरकारले कोरोना महामारीलाई ध्यानममा राख्दै उच्च सतर्कता अपनाई उद्धार कार्यलाई तीब्रता दिएको जनाएको छ ।

डुबानमा परेका घरका सर्वसाधारणको उद्धारका लागि हेलिकप्टर समेत परिचालन गरिएको छ ।