
नवलपरासी । नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो ।
सुस्ता–५ पक्लिहवास्थित ठोक्कर नं ३ मा दाउरा छोप्ने क्रममा उनी चिप्लिएर कोइरी नदीमा खसेको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
प्रहरी र स्थानीयवासीको टोलीले उनको खोजी गरिरहेको छ । यसअघि यही साउन ६ गते पनि सुस्ता गाउँपालिका–४ स्थित नर्सही थारूगाउँका ३२ वर्षीय सन्तु चौधरीलाई दाउरा छोप्ने क्रममा नदीले बगाएको थियो । उनी पनि अझै फेला परेका छैनन् ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
नारायणी तटीय क्षेत्रका बासिन्दाले नदीले बगाएर ल्याउने काठ र वन्यजन्तु छोप्न खोज्दा वर्षेनी जनधनको क्षति हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्