
फाइल फोटो
काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान पहिरो खसेको थियो । सो पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो ।
सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति पनि पहिरो खसेको थियो ।
राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्