
कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ । पछिल्लो समय प्रदेशमा १० जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ३ सय ६० पुगेको हो ।
नयाँ संक्रमितमध्ये कास्कीमा ५ जना थपिएका छन । तनहुँको शुक्लागण्डकी नगरपालिका र बागलुङ तमानखोलाका एक–एक पुरुष रहेका छन ।
त्यसैगरी लमजुङमा थप ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्