
सुनसरी, साउन ९ । कोरोना ‘पोजिटिभ’ भएका व्यक्ति खुलेआम हिँडेपछि सुनसरी सदरमुकाम इनरुवामा निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना पोजिटिभ देखिएका एक प्रहरी इनरुवा बजारमा घुमफिर गरेको खुलासा भएपछि इनरुवामा निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।
शुक्रबारदेखि अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
कोरोना पोजिटिभ देखिएका प्रहरी बजारभरी हिँड्डुल गरेका कारण जोखिम उत्पन्न हुने भएकाले इनरुवालाई सुरक्षित राख्न बजारसमेत बन्द गर्न निर्देशन दिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्