
काठमाडौं, साउन ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवस मनाइएको छ ।
शुक्रबार संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरुले उहाँले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरेका छन् ।
कर्माचार्यको वैचारिक दृढताले कम्युनिस्ट आन्दोलनमा देखापरेको संकट सम्बोधन गर्न सहयोग पुग्ने नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताउनुभयो ।
कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय देखापरेको संकट र समस्याहरु सम्बोधनका लागि उहाँले दिएको वैचारिक दृढताले योगदान पुग्ने उहाँले बताउनुभयो ।
स्मृति दिवसका अवसरमा ललितपुरको कुम्भेश्वरमा पुगेर नेकपाका नेताहरुले कर्माचार्यको सालिकमा माल्यार्पण गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले माल्यार्पण गरेका हुन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङलगायतका नेताहरु कर्माचार्यको सालिकमा माल्यार्पण गर्न शुक्रबार बिहान कुम्भेश्वर पुग्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्