
सुरेन्द्र भण्डारी (इमेज)
झापा, साउन ९ । झापाका १८ जना सशस्त्र प्रहरीलाई शुक्रबार एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ ।
पूर्वी नाका काँकडभिट्टाको सीमा सुरक्षार्थ खटिएका १८ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा ४८ जनामा गरिएको कोरोना परीक्षणमा १८ जनामा संक्रमण देखिएको हो ।
पूर्वी नाकाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमा एकैपटक यति धेरै संख्यामा कोरोना संक्रमण देखिएपछि समुदायमा कोरोना फैलिएको हुनसक्ने आशंका गरिएको छ ।
नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टि भएपछि काँकडभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिनसक्ने भन्दै स्थानीय चिन्तित भएका छन् ।
तत्कालका लागि काँकडभिट्टा क्षेत्र ‘सिल’ गरेर ‘कन्ट्याक ट्रेसिङ’मार्फत् संक्रमणको जोखिममा परेकाहरुको खोजी गरी स्वाब संकलन गर्नुपर्ने काँकडभिट्टाका स्थानीयले माग गरेका छन् ।
यसअघि पनि दुईजना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्