१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


भुवन केसीद्वारा साम्राज्ञीविरुद्ध अदालतमा मुद्दा दर्ता


0
Shares

bhuwan kc Samragyee R L Shah

काठमाडौं, साउन ९ । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नुभएको छ ।

केसीले शुक्रबार शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली–बेइज्जतीविरुद्धको मुद्दा दर्ता गर्नुभएको हो ।

काठमाडौं जिल्ला अदालका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले हामीसँग कुरा गर्दै मुद्दा दर्ता भएको र दुवै पक्षलाई अदालतमा हाजिर हुन आउन २१ दिनको म्याद दिने जानकारी दिनुभयो ।

यसअघि, अभिनेता केसीले चलचित्र कलाकार संघमा साम्राज्ञीले आफूमाथि झुटो आरोप लगाएको भन्दै छानबिन गर्न माग गर्नुभएको थियो ।

साम्राज्ञीले आफूमाथि दुर्व्यवहारको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत् बदनाम गरेको भनी केसीले उजुरी दिनुभएको जनाइएको छ ।