१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापामा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या


0
Shares

सुरेन्द्र भण्डारी (इमेज)

झापा, साउन ९ । झापाको मेचीनगरमा खुकुरी प्रहारबाट एकजना व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–२ निवासी ५० वर्षीय नारायण आचार्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई अज्ञात समूहले शुक्रबार अपराह्न ४ बजेतिर खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका आचार्यलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।