
सुनसरी । सेवाग्राहीसंग घुस लिएको रकमसहित जिल्ला वन कार्यालय सुनसरीका डिभिजन प्रमुख रामबाबु साह श्रीमतीसहित पक्राउ परेका छन् ।
सेवाग्राहीसंग लिएको घुस रकम सहित उनलाई सुनसरीको कोसी गाँउपालिका स्थित पूर्व पश्चिम राजमार्गबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।
अख्तियारको टोलीले वनकार्यालय प्रमखसंगै उनकी श्रीमती किरण साहलाई पनि नियन्त्रणमा लिएको हो ।
वन कार्यालयको बा २ झ ४१० नम्बरको गाडीमा घर जादैे गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
प्रहरीले गाडीमा लुकाई राखेको श्रोत नखुलेको ५ लाख ५३ हजार रुपैंयाँ बरामत गरेको छ । पक्राउ परेका दुबैजनाको अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्