२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


गाउँपालिकालाई बजेट अभाव: ‘उज्यालो घर’ अभियान प्रभावकारी नहुने संकेत


0
Shares

इलाम । इलामको माङसेबुङ गाउँपालिकाको उज्यालो घर अभियान लोकप्रिय नीति तथा कार्यक्रम प्रभावकारी नहुने भएको छ ।

गाउँपालिकाले कार्यक्रम ल्याएपनि आवश्यक बजेट विनियोजन नहुँदा कार्यान्वयन नहुने देखिएको हो ।

दुई वर्षभित्र सबै टोल वस्ती र घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिसक्ने नीति तथा कार्यक्रम बनाएको छ ।

गाउँपालिकाले बजेट बिनियोजन नगर्दा समस्या देखिएको छ । जनप्रतिनिधिले झारो टार्न मात्र लोकप्रिय नीति तथा कार्यक्रम बनाएको आरोप स्थानीयको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले समपूरक कोषबाट साझेदारीमा उज्यालो घर अभियान संचालन गरिने बताउनुभयो ।

उहाँले सबै वडा, टोल, वस्ती र घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिने तयारी रहको बताउनुभयो ।