
काठमाडौं । भूउपग्रहमा प्रहार गर्न सकिने क्षेप्यास्त्रजस्तो हतियारको अन्तरिक्षमा परीक्षण गरेको अमेरिका र यूकेको दाबीलाई रुसले अस्वीकार गरेको छ ।
जुलाई १५ मा गरिएको परीक्षणले कुनै पनि भू उपग्रहलाई खतरा नभएको रुसको रक्षामन्त्रालयले जनाएको छ ।
रुसले यसअघि नवीनतम अन्तरिक्ष प्रविधि परीक्षण गर्ने क्रममा एउटा सानो यानमा भएको विशेष उपकरण प्रयोग गरेर एउटा भूउपग्रह परिक्षण गरिएको बताएको थियो ।
तर अमेरिका र यूकेले अन्तरिक्षमा गरिएको सो परीक्षणप्रति चिन्ता व्यक्त गरेका छन् ।
यूकेले रुसको अन्तरिक्षमा गरिएको परीक्षणबारे आरोप लगाएको यो पहिलो पटक हो ।
अमेरिकी सरकारले भूउपग्रहलाई मार हान्न सकिने क्षमता भएको उक्त अस्त्रको प्रयोगलाई चिन्ताको विषय भनेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्