
दुर्गा उपाध्याय/ईमेज
कन्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ ।
२०७५ साउन १० गते साथीको घर जान भनि आफ्नो घरबाट निस्किएकी उनको भोलिपल्ट उखुबारीमा शव फेला परेको थियो ।
घटनाको अनुसन्धानका लागि प्रहरीका दर्जनौ टोलीले खटिए । देशव्यापी आन्दोलनहरु पनि भए । तर अहिलेसम्म हत्यारा पक्ता नलागेपछि पीडित परिवारले न्यायको आश मार्दै गएका छन् ।
त्यसैले त यतिबेला निर्मलाकी आमा दुर्गा देवीको पनि दैनिकी बदलिएको छ । हातमा पुरानो साइकल लिएर बिहान महेन्द्रनगर अनि बेलुका साइकल चलाउदै घर आउजाउ चलिरहेको छ ।
एक वर्ष अघिसम्म त्यहि साइकल चलाउदै उहाँ छोरीको न्यायका लागि महेन्द्रगर बजार पुग्नुहुन्थ्यो । तर, अहिले दैनिकी फेरिएको छ । दुर्गा देवी न्यायका लागि नभई रोजगारीकालागि अहिले महेन्द्रनगर पुग्नु हुन्छ ।
कानमा तेल हालेर बसेको सरकारले कुनै न्याय दिन सकेको छैन । बरु उल्टै आन्दोलनकै क्रममा सनि खुनाको ज्यान गयो ।
घटनाको दुई वर्ष पुग्दा समेत हत्याराको पहिचान हुन नसक्दा राज्यप्रति नै प्रश्न चिन्ह खडा भएको छ ।
देशव्यापी आन्दोलन हुँदा समेत दोषि पक्ता नलागेपछि आमा दुर्गादेविले न्याय पाउने आश समेत मारिसक्नु भएको छ ।
उहाँले आफूले न्याय नपाउनुमा सरकार गम्भीर नरहेको आरोप लगाउनु भएको छ ।
यता निर्मलाकी दिदीले भने सरकारले चाहे अझैपनि अपराधी पत्ता लगाउन सक्नेमा आफू विश्वस्त रहेको बताउनुहुन्छ ।
यता, घटनाको दुई वर्षमा देशमा तीन जना प्रहरी प्रमुख फेरिएका छन् भने कञ्चनपुरले चार जना प्रहरी प्रमुखको नेतृत्व पाइसकेको छ ।
त्यस्तै, सिआइबिका आधा दर्जन टोली सहित एक दर्जन टोलीले घटनाको अनुसन्धान गरिसकेका छन् ।
कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भने घटनालाई प्रमुख प्राथमिकतामा रारखेको बताउनुभएको छ ।
लामो सयमसम्म विरोध र आन्दोलनका कारण अनुसन्धान प्रक्रिया नै प्रभावित बनेको निर्मला घटनामा पछिल्लो समय त्यस्ता गतिविधि रोकिएका छन् ।
जसले गर्दा प्रहरीले अनुसन्धानलाई काम गर्न सहज हुनुका साथै आमनागरिकमा पनि परिणाम आउने आशा पलाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया दिनुहोस्