
नवलपरासी, साउन १० । सशस्त्र प्रहरीले १७ लाख रुपैयाँ बराबरका खसी–बोका नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैधरुपमा पश्चिम नवलपरासी भित्र्याउँदै गरेको अवस्थामा ८५ ओटा खसी–बोका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले जानकारी दिनुभयो ।
सुस्ता गाउँपालिका–५, रगरगन्ज नाकाबाट भन्सार छलेर ल्याइएका खसी–बोकालाई रगरगन्जकै एक छाप्रोमा लुकाएर राखिएको थियो ।
बरामद गरिएका खसी–बोका आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नाकाहरुबाट भारतीय खसी–बोकाहरु अवैधरुपमा सीमा क्षेत्रमा ल्याएर राख्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्