१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ठोरीमा डेढ अर्बको लगानीमा आधुनिक कृषि फार्म


0
Shares

thori parsa

पर्सा, साउन १० । पर्साको ठोरी गाउँपालिका स्वर्णपुरमा डेढ अर्ब रुपैयाँको लगानीमा आधुनिक तथा व्यावसायिक कृषि फार्म खुल्ने भएको छ ।

१३ बिघा क्षेत्रफलमा निर्माण भइरहेको आधुनिक कृषि फार्म चार महिनापछि सञ्चालनमा आउनेछ ।

कृषि फार्ममा नौ हजार किसान र गाईपालनमा ३०० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

फार्मको नौ बिघामा गाईफार्म, गोबरग्यास प्लान्ट तथा गाईवस्तुको दाना उत्पादन गर्ने प्लान्ट रहनेछन् भने बाँकी चार बिघामा घाँसेमैदान रहने कशल क्याटल फार्मिङका सञ्चालक श्यामबदन यादवले जानकारी दिनुभयो ।

गाईफार्ममा एक हजार गाई र एक हजार बाछी पाल्ने लक्ष्य छ ।

गाईफार्मबाट दैनिक ३० हजार लिटर दूध उत्पादन गरिने र दैनिक १५० टन गाईवस्तुको दाना उत्पादनका साथै बिजुली उत्पादन गर्ने गोबरग्याँस प्लान्ट पनि निर्माण भइरहेको छ ।

गाईफार्मले वरपरका करिब नौ हजार गाउँलेहरुले घाँस उत्पादन गरी बेच्न पाउने तथा दूधसमेत बेच्न पाउने अवसर पाउनेछन् ।