
स्याङ्जा, साउन १० । नदी-नाला उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था हुँदा–हुँदै स्याङ्जाको गल्याङ नगरपालिकाले वर्षादको समयमा नदी उत्खनन् गरेको छ ।
असार, साउन र भदौ तीन महिना नदी उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था छ ।
गल्याङ नगरपालिकाले कानुनी व्यवस्थाको खिल्ली उडाउँदै राम्दीस्थित कालीगण्डकीमा आफ्नै डोजर प्रयोग गरेर नदीजन्य वस्तुको उत्खनन्लाई तीव्रता दिएको छ ।
स्थानीय बासिन्दाले भने नदी उत्खनन्को विरोध गर्दै स्थानीय प्रशासनलाई जानकारी गराएका छन् । वर्षायाममा नदी दोहन गर्दा जोखिम बढ्न थालेपछि स्थानीयले विरोध गरेका हुन् ।
नगरपालिकाका प्रवक्ता गणेश बस्यालले भने नगरपालिकाको आम्दानीको स्रोत भएकाले नदी उत्खनन् गरिएको बताउनुभयो
प्रतिक्रिया दिनुहोस्