२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


सौराहा खुल्दै, सन्देश प्रवाहका लागि साइकलयात्रा


0
Shares

sauraha

चितवन, साउन १० । चितवनको सौराहा यही साउन १५ बाट खुल्ने भएको छ ।

‘सौराहा खुल्दै छ’ भन्ने सन्देश प्रवाहका लागि शनिबार व्यवसायीहरुले साइकलयात्रा गरेका छन् ।

सौराहाबाट सुरु भएको यात्रा चितवनको राष्ट्रिय निकुञ्ज प्रशासन कसरासम्म पुगेको थियो ।

तत्काललाई अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना नरहेको भन्दै आन्तरिक पर्यटकलाई आकर्षण गराउन साइकलयात्रा गरिएको क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।

गत चैत ११ गतेदेखि सौराहामा सञ्चालित करिब ११० ओटा होटलहरु पूर्णरुपमा बन्द रहेका छन् ।

व्यवसायीहरुले आफ्नो व्यवसायबाट उपलब्ध गराउने सेवा–सुविधामा लाग्ने लागत घटाउने तयारी गरेका छन् ।

सौराहा खुलेपछि पर्यटकले जीप सफारी, हात्ती सफारी गर्दै निकुञ्जभित्रका जनावारको अवलोकन गर्न पाउनेछन् ।