२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निर्माणाधीन गणेशमान सिंह पार्क बजेट अभावमा अलपत्र


0
Shares

panchthar

पाँचथर, साउन १० । पाँचथरमा निर्माणाधीन गणेशमान सिंह स्मृति शान्ति पार्क बजेटको अभावमा अलपत्र परेको छ ।

२०६५ सालमा पार्क निर्माणको काम थालिएको भएपनि बजेट अभाव हुँदा पार्क निर्माणले गति नलिएको हो ।

७७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा एक करोड ६९ लाख रुपैयाँ खर्च भइसकेको छ ।

नयाँ सहरी आयोजनाको कार्यालयले आठ करोड रुपैयाँको गुरुयोजना बनाएर काम अगाडि बढाएको थियो । पार्कमा सिँढीमार्ग, वनभोजस्थल, विश्रामस्थल, शौचालय निर्माण गरिएको छ ।

गुरुयोजनाअनुरुप बजेट विनियोजन हुन नसक्दा पार्कले पूर्णता पाउन नसकेको गणेशमान सिंह शान्ति प्रतिष्ठान नेपाल पाँचथरका अध्यक्ष सन्तोष श्रेष्ठले बताउनुभयो ।