१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ठेकेदारको लापरबाहीले बनेन पुल, खोला तर्न तुइनको प्रयोग


0
Shares

hetauda

हेटौंडा, साउन १० । हेटौंडाको कुखरेनी खोलामा निर्माणाधीन पुल तीन वर्ष बित्दासमेत सम्पन्न हुन नसक्दा यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।

तीन वर्षअगावै पुल निर्माण सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदारको लापरबाहीले पुल निर्माणमा ढिलाइ हुँदै आएको छ ।

आमभञ्ज्याङ र मकवानपुरगढी जोड्ने सामरी खोलामा निर्माण हुँदै गरेको पुल नागार्जुन शंकरमाली जेभीको लापरबाहीले गर्दा तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन ।

१०३ मिटर लम्बाइको पुल २०७४ चैत १० गते सम्पन्न गरी सक्नुपर्ने भएपनि २५ प्रतिशत कामसमेत भएको छैन ।

पुल पाँच करोड ३७ लाख ९२ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । पुल नबन्दा यात्रुहरु तुइन प्रयोग गर्न बाध्य छन् ।