१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो, १३ हजार ५३ जना निको


0
Shares

coronavirus

काठमाडौं, साउन १० । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो ।

पछिल्लोपटक बाराको परवानीपुर गाउँपालिका–८ की १७ वर्षीया एक किशोरीको मृत्यु भएसँगै मृतकको संख्या ४५ पुगेको उहाँले बताउनुभयो ।

ती किशोरीको वीरगन्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।

मृतक किशोरीमा कोरोना ‘पोजिटिभ’सँगै पखाला, श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

संक्रमितको संख्या १८ हजार ४८३
नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो । पछिल्लो २४ घन्टामा १०९ जना संक्रमित थपिएको उहाँले जानकारी दिनुभयो ।

१३ हजार ५३ जना निको
देशका विभिन्न अस्पतालबाट पछिल्लो २४ घन्टामा थप १०६ जना संक्रमित निको भएर घर फर्केका छन् ।

योसँगै अहिलेसम्म १३ हजार ५३ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार १८३ जना ‘क्वारेन्टिन’मा रहेका छन् । पाँच हजार ३८५ जना ‘आइसोलेसन’मा रहेका जनाइएको छ ।

भिडियो हेर्नोस्

Press Briefing on COVID-19 2077.04.10 #COVID-19

Press Briefing on COVID-19 2077.04.10#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Saturday, July 25, 2020