२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘सरकार र नेकपाका कारण मुलुक दुर्घटनामा जाने खतरा बढ्यो’


0
Shares

congress politics

काठमाडौं, साउन १० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार र सत्तारुढ दलका कारण मुलुक दुर्घटनामा जाने खतरा बढेको दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेस तरुण विभागका सदस्यहरुलाई शपथग्रहण गर्न शनिबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उहाँले सरकार र नेकपाको क्रियाकलापले मुलुक दुर्घटनाउन्मुख हुँदै गएको दाबी गर्नुभएको हो ।

कोरोना महामारी र प्राकृतिक प्रकोपमा सरकार जनताको अभिभावकत्वको भूमिका निर्वाह गर्न पूर्णतः असफल भएको आरोप लगाउँदै कांग्रेस महामन्त्री खड्काले कोरोना महामारी सरकार र सत्तारुढ दलको लागि बरदान तर जनताको लागि आघात भएको टिप्पणी गर्नुभयो ।

उहाँले कांग्रेसभित्र आन्तरिक समस्या रहेपनि पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तरुण विभागका प्रमुख शंकर भण्डारीले राजनीतिक आस्थाकै आधारमा कांग्रेसका कार्यकर्तामाथि कहीँ–कतैबाट अपमान गर्ने प्रयास भए सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

शपथग्रहणपछि बसेको तरुण विभागको बैठकले सरकारका गलत काम–कारबाहीविरुद्ध भन्डाफोर अभियान सञ्चालन गर्ने, युवालाई आय–आर्जन र रोजगारीमूलक कार्यक्रमतर्फ लाग्न प्रेरित गर्नेगरी आवश्यक कार्यक्रम सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ ।