
डडेल्धुरास्थित कोरोना परीक्षण प्रयोगशाला। फाइल तस्वीर।
कैलाली, साउन १० । सुदूरपश्चिम प्रदेशमा शनिबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा २० जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दुईजना, धनगढीस्थित प्रयोगशाला र पाटन अस्पतालमा गरिएको परीक्षणमा एक/एकजना गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमा डोटीका १३, डडेल्धुराका चार, बैतडीका तीनजना रहेका छन् ।
यस्तै, अछामका तीनजनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यता, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कञ्चनपुरका थप एक युवकमा संक्रमण पुष्टि भएको जनाइएको छ ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार २०९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्